हेटौंडाका इ-रिक्सा चालक मनोज साहको जीवन कथा 

मनोज शाह, उहाँको इ-रिक्सामा
मनोज साह, उहाँको इ-रिक्सामा

नाम: मनोज साह
पेसा: इ-रिक्सा चालक, हेटौंडा

“३० वर्ष भयो हेटौंडा आएको। हेटौंडा, कर्रामा बस्छु। म हेटौंडामा आउँदा हेटौंडा जंगल जस्तो थियो। झन कर्रा, गर्दोही क्षेत्रमा त्स एउटै घर थिएन। हेटौंडा यस्तो ठुलो शहर बन्ला भन्ने कल्पना पनि थिएन।

मेरा २ छोरीहरु छन्। जेठी छोरी १२मा पढ्छे र कान्छी ११ मा पढ्छे। दुबैले राम्रो अंक ल्याएर SLC पास गरेर अहिले व्यवस्थापन संकाय पढ्दै छन्। म मेरा छोरीहरुलाई पढाएर सक्षम बनाउन चाहन्छु ताकी उनिहरुले जागिर गर्न सकुन र आफ्नो भविष्य आफैं बनाउन सकुन्।

हालसालै मेरो जेठी छोरीको बिहे चपुरको (रौतहट) केटा सँग भयो। केटा पक्षले बिहेपछी छोरीलाई पढाउने सर्तमा बिहे गरेको थियो। तर बिहे गरेर पठाए पछी पढाउन मानेन। म गएर उनिहरुलाई झपारें र छोरीलाई यतै ल्याएँ। अहिले आफैंले पढाउँदै छु।

म तथा मेरो संधीको मृत्यु पछी सबै जिम्मेवारी त हाम्रा सन्तानले नै निभाउनु छ। अहिले राम्रो शिक्षा पाए भने न उनिहरुको भविस्य राम्रो हुन्छ।

हाम्रो मधेसी समुदायमा निक्कै साघुँरो सोच छ। बाबुको जे पेसा छ, सन्तानले पनि त्यही गरुन् भन्ने सोच्छन्। ओरिपरीको दवावले बच्चालाई स्कुलमा भर्ना त गर्छन्, तर ६-७ कक्षामा पुग्न नपाउँदै पढाई छुटाएर काम गर्न पठाउँछन्। यस्तो तालले कसरी उनिहरुले प्रगती गर्न सक्नु?

कमसेकम छोराछोरीलाई १२ सम्म मात्र पढायो भने पनि बाकीँ शिक्षा त्स उनिहरुले आफुले काम गरेर पनि पुरा गर्छन्। त्यती पढाउने कर्तव्य त पुरा गर्नु पर्‍यो नि बाबुआमाले!”

मनोज साह जस्तै सचेत अभिभावक सबै भैदिए अबको नेपाल साच्चै शान्त र संवृद्ध बन्नेछ।तपाईलाई धेरै धेरै धन्यवाद मनोज साह दाइ।

🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *