अन्तर-व्यक्ती संबन्ध राम्रो बनाउने विवेकशील मन्त्र – समानुभुती

 

कुण्ड-कुण्ड पानी, मुण्ड मुण्ड बिचार भनेझै सामाजिक जीवनमा व्यक्ती-व्यक्तीका बिचारमा भिन्नता देखिनु स्वभाविक हो। हरेक मान्छेको जिन (gene) र सामाजिकिकरण अलग-अलग हुने भएकोले बिचारको विविधता अवश्य हुन्छ। विविध परिस्थितिलाई हेर्ने दृष्टिकोणमा विविधता अवश्य हुन्छ। यसरी, बिचार अलग हुँदा, कार्य पनि अलग हुन्छन र एकले गरेको कार्य अर्कोलाई मन नपर्न सक्छ। यसैले गर्दा कहिलेकाँही गम्भिर अन्तर-द्वन्द सिर्जना हुन्छ।

यी परिस्थितिमा समस्या समाधान गर्दै अन्तर व्यक्ती संबन्ध जोगाउने सबैभन्दा उत्तम बाटो समानुभुतीबाट नै निस्कन्छ। कसरी?

वास्तवमा सामाजिक जिवनमा सहि र गलत भन्ने कुरा समय, परिस्थिती र व्यक्तिगत मुल्यांकनमा सापेक्ष हुन्छन्। र व्यक्तीगत मुल्यांकन हरेक व्यक्तीले उसको ज्ञान तथा अनुभवको आधारमा गरेको हुन्छ।

तपाईलाई अर्को व्यक्तीको कुनै बिचार वा कार्य मन परेन भने त्यसको अर्थ यत्ती मात्र हुन्छ कि त्यस विषयमा तपाईको ज्ञान तथा अनुभव अर्कोको भन्दा भिन्न छ। यस बेलामा तपाईले समाधानकेन्द्रीत भएर सोच्ने हो भने तपाईंले:

  • त्यो व्यक्तीले कुन परिस्थिती तथा आधारमा त्यस बिचार प्रस्तुत गरेको हो; त्यस व्यक्तीमा उक्त बिचार आउनुको सामाजिक-मनोवैज्ञानिक कारण के-के हुन् भन्ने कुरा गहिराईबाट बुझ्नु पर्ने हुन्छ।
  • तपाईले त्यस व्यक्तीको परिस्थिती, सामाजिकिकरण र उक्त विषयमा त्यस व्यक्तीको ज्ञानको स्तरमा आफुलाई राखेर सोच्नु पर्ने हुन्छ।
  • यसो गर्दा, तपाईले त्यस व्यक्तीको र तपाईको बिचारको भिन्नता किन देखिएको हो राम्ररी बुझ्नुहुन्छ र
  • समाधानको उत्कृष्ट तरिका पनि पत्ता लगाउन सक्नुहुन्छ।

यस प्रकार एक-अर्कालाई बुझ्नु भनेको नै समानुभुती राख्नु हो। यसरी, समानुभुतीले तपाईलाई अनावश्यक आपसी द्वन्द हुन नदिई अन्तर-व्यक्ती संबन्ध मजबुत बनाउन मद्दत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *