म संसदीय सर्वोच्चता सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छु

म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरुपको पक्षमा छु। र यसको साथै संसदीय सर्वोच्चता प्रतिको मेरो आश्था पनि मजबुत छ। यस संबन्धमा मेरो स्पष्ट धारणा यस प्रकार छ:

* प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था किन त?

  • कार्यपालिका (सरकार)लाई स्थिर र जनभावना बमोजिमको बनाउनको लागी

* प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा संसदीय सर्वोचता कसरी रहला?

  • महाअभियोग मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीलाई पनि अपधस्त गर्न सक्ने व्यवस्था गरेर
  • सरकारको निति तथा कार्यक्रम र बजेट अनिवार्य रुपमा संसदबाट पारित हुन पर्ने व्यवस्था गरेर
  • सरकारलाई संसद प्रती जवाफदेही बनाउन महत्वपूर्ण विषयमा संसदीय सुनुवाइको व्यवस्था गरेर

* के प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई कुनै विशेष अधिकार नदिने त?

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई संविधान संशोधन बाहेकका महत्वपूर्ण निर्णय लिन निश्चित पटक भिटो प्रयोग गर्ने अधिकार दिएर

* भिटोको व्यवस्थाले संसदीय सर्वोच्चालाई कमजोर त बनाउँदैन? सरकार प्रमुखलाई तानाशाही बन्न बाटो त खोल्दैन?

  • भिटोको व्यवस्था एक आर्थिक वर्षमा वा कार्यकालमा निश्चित पटक मात्र प्रयोग गर्न पाउने व्यवस्था गरेर संसदीय सर्वोच्चता जोगाउने
  • सरकार प्रमुख तानाशाही बनेमा वा भिटोको प्रयोग गर्दै राष्ट्रिय हित विपरित कार्य गरेमा महाअभियोगको प्रस्ताव मार्फत सरकारलाई अपधस्त गरेर नयाँ निर्वाचनको प्रक्रिया अगाडी बढाउने व्यवस्था गरेर तानाशाही बन्ने संभावनाको न्यूनीकरण गर्ने

यी बाहेक अन्य के-कस्ता थप व्यवस्थाहरु राख्नु जरुरी देख्नुभएको छ। प्रतिक्रिया दिनुहोला है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *