BibekSheel Nepali Professional Help Desk सँगको अनुभव

हालसालैको कुरा हो, कम्पनी दर्ता गर्न मलाई जरुरी document बनाउन professional सहयोग चाहिएको थियो। र कोबाट कसरी सहयोग पाउने भन्नेमा अलमल्ल थिएँ।

केहि दिन तनावमा झुलेपछी मलाई BibekSheel Nepali Professional Help Desk को बारेमा Tina Bhattaraiजी सँग भएको कुराकानी याद आयो। मैले तत्काल professional help को लागी यो डेस्कमा message पठाएँ। केही घण्टापछी मलाई message को reply आयो, मसँग मेरो आवश्यकताको बारेमा थप जानकारी लिइयो। र त्यही दिन बेलुका सम्ममा मैले आधारभुत सहयोग पाउनुको साथै professional सँग सिधा संपर्कमा रहन सकें।

कुरा गर्दै जाँदा उहाँले मलाई मेरो कम्पनी सुरु गर्न आवश्यक technical तता legal सहयोग सित्तैमा दिने प्रतिबद्धता समेत गर्नु भयो। अहिले म कम्पनी दर्ताको अन्तिम चरणको काममा व्यस्त छु र आफ्नो काममा professional help ले गर्दा निक्कै सहज महशुस गर्दै छु।

यसरी म स्वयं पनि यो हेल्प डेस्कबाट लाभान्वित भएको छु। Professional help डेस्कलाई धेरै धेरै धन्यवाद। साथै विवेकशील नेपाली BibekSheel Nepali लाई यो desk सुरु गरेकोमा विशेष आभार व्यक्त गर्न चाहन्छु।

Link: www.facebook.com/bnprofessionalhelp/

Leave a Reply

Your email address will not be published. Required fields are marked *