Tag Archives: समानुभुती

अन्तर-व्यक्ती संबन्ध राम्रो बनाउने विवेकशील मन्त्र – समानुभुती

 

कुण्ड-कुण्ड पानी, मुण्ड मुण्ड बिचार भनेझै सामाजिक जीवनमा व्यक्ती-व्यक्तीका बिचारमा भिन्नता देखिनु स्वभाविक हो। हरेक मान्छेको जिन (gene) र सामाजिकिकरण अलग-अलग हुने भएकोले बिचारको विविधता अवश्य हुन्छ। विविध परिस्थितिलाई हेर्ने दृष्टिकोणमा विविधता अवश्य हुन्छ। यसरी, बिचार अलग हुँदा, कार्य पनि अलग हुन्छन र एकले गरेको कार्य अर्कोलाई मन नपर्न सक्छ। यसैले गर्दा कहिलेकाँही गम्भिर अन्तर-द्वन्द सिर्जना हुन्छ।

यी परिस्थितिमा समस्या समाधान गर्दै अन्तर व्यक्ती संबन्ध जोगाउने सबैभन्दा उत्तम बाटो समानुभुतीबाट नै निस्कन्छ। कसरी?

Continue reading अन्तर-व्यक्ती संबन्ध राम्रो बनाउने विवेकशील मन्त्र – समानुभुती

समानुभुती – एक विवेकशील मन्त्र

विवेकशील नेपाली भन्नु र बन्नुमा फरक छ। तपाई विवेकशील बन्न तपाईले विवेकशील मन्त्रहरुलाई आत्मसात गर्न सक्नु  पर्ने हुन्छ। विवेकशील मन्त्रहरु: निष्ठा, पारदर्शिता, उत्कृष्टता, साहस, विनम्रता र समानुभुतीलाई।

यी मन्त्रहरु मध्य यस लेखमा समानुभुती को बारेमा चर्चा गर्दै छु।

समानुभुती भनेको के हो?

अरुको दु:ख वा भावनालाई अनुभव गर्नु तथा बुझ्नुलाई नै समानुभुती भनिन्छ। यसलाई अङ्ग्रेजीमा empathy भनिन्छ। समानुभुतीमा २ कुराहरु जोडिएका हुन्छन्: पहिलो समानुभुती राख्ने व्यक्तीले अरुले जस्तो महशुस गर्दै छ, त्यस्तो महशुस गर्दछ, र दोस्रो उसले अर्कोको के-कस्तो महशुस गर्दैछ भनेर बुझ्दछ। Continue reading समानुभुती – एक विवेकशील मन्त्र