सडक यातायात-मुस्ताङ अनि हुम्ला

मुस्ताङको-
स्याउ भन्ने सुन्ने बितिक्कै हाम्रो मुख रसाउँछ। तर मोटर बाटोको सुबिधा नहुँदा केही वर्षअघीसम्म मुस्ताङको स्याउ त्यसै खेर जान्थ्यो। 4-5 रुपैयाँ प्रति केजीमा उच्च गुणस्तरको स्याउ बेच्न बाध्य थिए। कति स्याउ त मलखादमा हालीदिन्थे।

तर अहिले मोटरबाटो पुगेपछी भने स्याउको मुल्य रु.50-60 प्रति केजि पुगेको छ। मुस्ताङबासीमा आर्थिक क्रान्ती नै भएको छ। सामान्य किसानहरु पनि आफ्ना छोराछोरीलाई बोर्डीङ स्कुलमा पढाउन सक्षम भएका छन्। उनीहरुको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ। अहिले मुस्ताङको 300 हेक्टर जमीनमा करिब 4000 मेट्रिक टन स्याउ उत्पादन हुन्छ। मुस्ताङबासीको उत्साह देख्दा लाग्छ छिट्टै स्याउ खेति 2000-3000 हेक्टर क्षेत्रमा बिस्तार हुनेछ।

उता हुम्लामा-
भने मोटरबाटो अझै नपुग्दा हुम्लाबासी सास्ती भोग्न बाध्य छन्। त्यहाँको एकमात्र यातायात सुबिधा हवाई यातायात महङ्गो त छँदै छ, भरपर्दो पनि छैन। मौसमको गडबडीले गर्दा पटकपटक उडान रद्द हुन्छ। उता निजी विमान कम्पनीले मनगाली भाडा बडाएर प्रताडित पार्छन्।

सरकारी निकायले दिएको जानकारी अनुसार हुम्लामा खाद्य ढुवानी कै लागि वार्षिक रु. 1 अर्ब खर्च हुन्छ। यदि यस लगानीलाई सडक यातायात बिस्तारमा लगाउन सके छिट्टै हुम्लाबासीले पनि मुस्ताङबासीले जस्तै राहतको सास फेर्न पाउँथे। यसतर्फ नेपाल सरकारको ध्यान जाओस्।