एमाओवादिको महाधिवेशनको उद्घाटन हेरेपछिको अनुभव

हेटौडामा भइरहेको एनेकपा माओवादीको महाधिवेशनको उद्घाटन समारोहमा म उपश्थित थिएँ। कार्यक्रमको सुरुवातमा अन्तराष्ट्रिय कम्युनिष्ट गित प्रस्तुत गरियो जसमा भनिएको छ अब मानिसको अन्तराष्ट्रिय जात हुनेछ। अनि, मैले कार्यक्रमको ब्यानरमा हेरेँ, लेखिएको थियो, ‘पहिचान सहितको संघियता…’। म अवाक् भएँ।

धेरै जसो कथित नेताहरुको भाषण सुनेँ। एमालेका बामदेवजी र काङ्ग्रेसका रामचन्द्रजी उपश्थित हुनु भएर राम्रो राजनैति…क संकारलाई कायम नै राख्नु भएकोमा खुसी लाग्यो। प्रचण्डजीले आफ्नो प्रतिवेदनका आधारभुत कुराहरुको स्पष्टिकरण दिनुभो। मैले सधै भन्ने गरेको कुरा कि भारतबाट 3 तिरबाट घेरिएको नेपालमा समाजवादी क्रान्ती हतियार बलबाट संभव छैन; प्रतिष्पर्धात्मक राजनीति मार्फत जनतामाझ गएर, जनताको मन जितेर जनताकै जनमतबाट मात्र संभवको छ भन्ने कुराको चेतना प्रचण्डजीलाई भएको देखेर खुसी नै लाग्यो। तर, महाधिवेसनको लागि शुभकामना दिन पाहुना बनेर आएका काङ्ग्रेस तथा एमालेका नेताहरुको अगाडी तुच्छ बोली बोल्नु कुनै पनि हालतमा शोभनीय लागेन। उनको बोल्ने शैलीले अझै पनि जनयुद्धको मानसिकता उनमा बलियो रुपमा रहेको जस्तो लाग्यो। अन्तत: नेपाली राजनीतिमा सबैभन्दा धेरै खड्किरहेको कुरा ‘राजनीतिक इमान्दारिता, स्वस्थ प्रतिष्पर्धा’ लाई एमाओवादीले कसरी संबोधन गर्ने हो, त्यो हेर्न बाँकी नै छ। त्यो भन्दा पनि अगाडी, बाबुरामजी बौद्धिक जमातबाट पतन भइसक्नुभएको अवश्था र प्रचण्डजीको बोलीलाई बौद्धिक जमातले रत्तिभर पनि पत्याउन नसक्ने अवश्थामा भइरहेको महाधिवेशनले के निश्कर्ष देला, अनि प्रचण्डजीले भन्नुभएको फर्मुला के रहेछ त्यो पनि हेर्न बाँकी नै छ।

यस पोस्टको बारेमा मेरो फेसबुक एकाउन्टमा प्राप्ट प्रतिकृयाहरु:
Jeevan Sharma Aryal: नेता र वादको सामाजिक बहिष्कार !
Sunday at 03:00 · Unlike · 4
#
Janak Man Dangol: ‘कमिलाको प्वाँख उम्रेर निभ्ने बेलाको दियो भएछ’…. बडो मिठो संग भने महान गौरबसाली पार्टीको बडाबाले ! उनि त पहिला छबिलाल माडसाब पनि हुन क्यार !
Sunday at 03:33 · Edited · Unlike · 2
#
Binod Neupane: भैरेलाइ तपाईंको लेख्ने सैली राम्रो लाग्यो । फर्मुला त यता बाट टोक , म यता बाट खान्छु हो ।
Sunday at 04:15 · Unlike · 2
#
Mahendra Kumar Thapa: नेपालको राजनीतिमा प्रचंड जस्तो राजनीतिक वेइमानि अरु को नै होला र ? यिन्का कुरा पत्याउन थाल्नु भनेको अझै अधोगति तीर जानु होइन र ?
Sunday at 07:16 · Unlike · 3
#
Akhanda Nepal: Satta kabja vai haalyo aba artha kabjaa garne tira lagekaa chan maobaadi haru satta ko laagi nai ladai ladeka him Girija madhav haru le saath di hale. Aba sadak maa karaayera k garnu.
Sunday at 07:22 via mobile · Unlike · 2
#
Kalyan Bhattarai: Is there any political leaders in this country who is less वेइमानि than Prachanda? .After watching the politics after 1946 and talking with almost all so called leadersI i personally see no difference among the present day power hungry corrupt crook so…See More
Sunday at 13:19 · Unlike · 3
#
Rai Prabin: mahesh sir k pahichanko kura garna nai galat hun ta…..hola amaobadile galat niyatle uthayako huna sak6.tara hamile vaneko,uthayako pahichanko sayad galat 6aina.hami ta samgratama akatako pahichan khojeka hau.hamile khojeko pahichan nishedko hoina……
Sunday at 16:48 · Unlike · 1
#
Bikesh Shrestha: Biswo kaa majdoor yek hau bhanne nai dash tukraa maa bibhaajeet chha, kasari biswash garne yi paakhandi harulaai?
Sunday at 19:02 · Unlike · 1