हाम्रो पहिचान जाती-धर्म-सन्स्क्रिती-भाषा, कि मानवता?

हाम्रो जाती भित्र त हामी नै एक मात्र प्रजाती – होमो सेपियन्स। प्रक्रितीले नै हामीले एकै जाती एकै प्रजातीको रुपमा विकास गरेको छ भने हामी किन हामी भित्रैबाट सिर्जित जातीय (ethnicity), धार्मिक, साम्प्रदायिक आधारमा विभाजिक हुने? हामी मानव जातीको मूल पहिचान नै हाम्रो विवेकशीलता तथा सिर्जनात्मक क्षमता हो जसका बलमा हामी प्रिथ्वीका अनेक जिवहरु भन्दा भिन्न बनेर यसको अधिपति बनेका छौ।

भाषाको विकास एकअर्काको भावना, विचार, सोच आदिको आदान प्रदानका निम्ती भएको हो। फ्रान्समा हजारौँ भाषा थिए पहिले तर आज अङ्ग्रेजी र फ्रेन्च नै सबैले बोल्छन्। खै फ्रान्सले पहिचान गुमाएको भनेर कसैले भनेको छैन। बरु एक विकशित राष्ट्रको रुपमा परिचित छ।

यसै गरी जातजाती (ethnicity) र यस भित्रको भाषिक, सास्क्रितिक, भेषभुषाको विभिधता पहिलेको जमानामा सञ्चार तथा यातायातको उचित प्रबन्ध नभएर नै भएको हो। इतिहासलाई फर्केर हेर्दा एक रहेको राई समुदाय विभिन्न ठाउँमा बसाई सराई गरेर गएपछि सञ्चार र यातायातको अभावले आ-आफ्नै तरिकाले बाच्न बाध्य भए। यसै कारण आज राई समुदायमा 26 वटा जती भाषा छन्, फरक फरक ठाउँका राईहरुको संस्क्रिती, भेषभुषा तथा चालचलनमा ठूलो विभिधता पाइन्छ। Continue reading

म हुँ एक विवेकशील नेपाली, एक मानव

म इतिहासमा मेरो पहिचान खोज्दिन। किनकी मेरो पहिचान ईतिहासमा कहाँ छ र! मेरो पहिचान त मैले वर्तमानमा बनाउनु छ जसलाई मेरा सन्ततीले पछी इतिहासका पानामा पढ्नेछन्।

बाटोमा हिड्दा म बटुवा कहलिउला तर मेरो स्थाई पहिचान त यही नै हो की म एक नेपाली हुँ, एक मानव हुँ। बाह्मण समुदायको परिवारमा जन्मीएँ हुर्किएँ संस्कारित भएँ; तर म त सँधै मानव नै हुँ। फेसबुकमा अमेरिकाका साथीहरु God bless you भन्छन्, युगान्डाकी मित्र May Allah bless you भन्छीन्, भियतनामकी मित्र आफ्नै शैलीमा शुभकामना दिन्छिन्। म त आफ्नो अहोभाग्य ठान्छु, म मात्र ब्राह्मण र हिन्दु नभएर एक विवेकशील नेपाली एक विवेकशील मानव हुँ जसलाई Jesus, Allah, गुरु गौतम बुद्ध, कथित हिन्दु धर्मका कोटी कोटी देवीदेवता कै आशिर्वाद सँगै मिल्ने गर्छ।

सानैदेखि मानवतावादी अवधारणाको विजारोपण भएछ मेरो मनमा; जब कक्षा 6मा पढ्दै थिएँ, अचानक एक सोच आयो म पछी गएर भागवत गिता, बाइबल तथा कुरानको अध्ययन गर्ने छु र तिनीहरुलाई मिलाएर एउटै स्वरुप दिनेछु। आखिर भगवान एक नै हुन भने अनेकन नाम लिएर ती नाम कै निहुँमा किन लड्ने, एक अर्कालाई मार्ने मर्ने, अरुलाई होच्याएर आफुलाई ठूलो ठान्ने? खैर आजसम्म ति कुनै किताब त पढ्न पाएको छैन तर भावनात्मक रुपमा एक धर्मको स्थापना भने गरेको छु – मानवतावाद। Continue reading

एमाओवादिको महाधिवेशनको उद्घाटन हेरेपछिको अनुभव

हेटौडामा भइरहेको एनेकपा माओवादीको महाधिवेशनको उद्घाटन समारोहमा म उपश्थित थिएँ। कार्यक्रमको सुरुवातमा अन्तराष्ट्रिय कम्युनिष्ट गित प्रस्तुत गरियो जसमा भनिएको छ अब मानिसको अन्तराष्ट्रिय जात हुनेछ। अनि, मैले कार्यक्रमको ब्यानरमा हेरेँ, लेखिएको थियो, ‘पहिचान सहितको संघियता…’। म अवाक् भएँ। Continue reading

सहिदका सपनाका पथमा

सपना तिम्रा प्रजातन्त्र, स्वतन्त्रता,स्वाधिनता अनि नागरिकताको  बोकी
बढ्यौ कठिन पथमा, सुन्दर, शान्त अनि समुन्नत नेपालका लागि
सरापे, धम्क्याए, पिटे, चुटे, गर्नुसम्म अत्याचार गरे तिमीमाथि
अनी तिम्रा आत्मा र शरिरको सम्बन्ध विथोलेर बनाए तिमीलाई सहिद

तिम्रै रगतले बगायो राणाहरुको, अत्याचारी शासन त्यो जहाँनिया
फेरी आयो पञ्चहरुको दबदबा, तर मेटिए तिम्रै चाहनामा
जागे ज्ञानेन्द्र शाह कुल्चन तिम्रा, प्रजातन्त्रका महान भावना
परन्तु बाध्य भए तिनी पनि तिम्रा, आवाजका अगाडी निहुरिन

के सोच्थे अनि सोच्छन ति अत्याचारि, दुराचारि, अविवेकी पाखण्डीहरुले
की तिम्रा आत्मालाई पार्थिव शरिरबाट अलग्याउँदैमा मर्छन तिम्रा सपना ?
गलत थिए गलत छन् ति शामन्तहरु, सपना तिम्रा जिवित छन् अझै ममा
हो प्रिय सहिद! महान् सपना ति तिम्रा स्थापित छन् आज ममा
Continue reading

रिडीकोटबासी छाउपडी गोठ भत्काउँदै

छाउपडी गोठमा एक किशोरीको म्रित्यु भएपछि अछाम, रिडीकोटबासीहरुले छाउपडी गोठ भत्काउन थालेका छन्। छाउ (menstruation) भएको बेला घरमा बस्दा देवीदेवता रिसाउने, अनिष्ट हुने भन्ने अन्धविश्वासका कारण महिलाहरु तथा किशोरीहरु घरभन्दा टाढा छाउपडी गोठमा एक्लै रात बिताउन बाध्य थिए। यसै अन्धविश्वासका कारण यसै वर्षभित्र 3 जना किशोरी तथा महिलाको छाउपडी गोठमा नै म्रित्यु भइसकेको छ।

ढिलै भएपनि रिडीकोटबासीले छाउपडी गोठ भत्काउन थालेकोमा खुसी लागेको छ। अछामका सबै सरकारी, गैर-सरकारी महिला अधिकार संम्बन्धि आवाज उठाउने संस्थाहरुले रिडीकोटबासीको यो कार्यलाई अभियानको रुपमा अगाडी बढाएर अछाम तथा सुदुर पश्चिमका सबै छाउपडी गोठहरु भत्काई यो अन्धविश्वासलाई निर्मुल पार्न अघि बढ्दा कत्ति राम्रो हुन्थ्यो। यस तर्फ त्यहाँको सबै सम्बद्ध निकायहरुको ध्यान जावोस्!

Locals of Ridikot, breaking down Chhaupadi sheds

Locals of Achham, Ridikot are breaking down Chhaupadi sheds after the death of a girl in the Chhaupadi shed. Due to the superstition that if women stay at home during mestruation period, god becomes angry and curses to the family, girls and women were compelled to pass their nights in the chhaupadi shed far from the home. 3 women died in the shed only this year.

Glad to know that locals of Ridikot have started to break down sheds. It would be really great if all the government and non-government organizations working for the women’s rights, accept this step taken by locals of Ridikot as the movement or campaign and work for breaking down all the chhaupadi sheds of Achham district and whole Far Western Nepal and irradicate this superstition completely. I request all the concerned authorities to take this issue seriously and take effective step on it.

इशाइ धर्म प्रचारक र Dec 21, 2012

करिब एक वर्ष अघि, मकहाँ एक चर्चबाट दुईजना इसाई धर्म प्रचारकहरु आएका थिए। उनीहरु 3-4 दिन सम्म हरेक दिन बिहान आए र बाइबलको बारेमा बताए। उनिहरुले बाइबलका हरेक कुराहरु सत्य छन् भनेर कथित प्रमाण देखाउन थाले।
उनीहरुले भने यो ब्रह्माण्डको रचना देखि प्रिथ्वीको अन्त्य कसरी कहिले हुन्छ भन्ने समेत बाइबलमा भनिएको छ; बाइबलले पहिलेदेखी नै प्रष्ट सङ्केत गरेको थियो कि प्रिथ्वी त बह्माण्डको एक सानो ग्रह हो जसले सुर्यलाई परिक्रमा गर्छ। उनीहरुले थपे, यो प्रिथ्वीको अन्त्य 2012, Dec 21मा हुँदैछ। माया क्यालेन्डरले पनि यहि सङ्केत गर्छ र बाइबलले पनि यस्तै बताएको छ। ईजरायल देशको पुनर्जन्म, आणविक हतियारको विकास आदिलाई बाइबलका केही पङ्तीसँग तुलना गरेर भने ‘बाइबलमा पनि लेखिएको छ प्रिथ्वीको अन्त्य आगोबाट हुन्छ, अन्त्यको सुरुवात उत्तर पश्चिम (अमेरिका) तिरबाट हुन्छ, त्यो दिन अर्को ग्रह आएर प्रिथ्वीमा ठोकिन्छ वा ज्वालामुखी आउँछ वा आणविक हतियारको प्रयोग हुन्छ, यसरी आगोबाट नै प्रिथ्वीको अन्त्य हुन्छ। जसरी पनि हामी मरीहाल्छौं; त्यसैले, हामीहरु सबै सँगै स्वर्ग जाऔँ, यशुले हामीलाई परमेश्वरकहाँ पुर्याउनु हुनेछ; हाम्रो धर्म लिनुहोस्।’
Continue reading